समाज


ललितपुरमा बसबाट लडेर चार वर्षीया बालिकाको मृत्यु

ललितपुरमा बसबाट लडेर चार वर्षीया बालिकाको मृत्यु

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १८:२, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमा बसबाट लडेर बालिकाको ज्यान गएको छ।

बा.४ ख ७०४ नम्बरको बसबाट लडेर महांकाल गाउँपालिका–६ ठुलादुर्लुङ बस्ने रेनिसा दाहाल संजेलकी छोरी ४ वर्षीया आर्या संजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार बिहान बसबाट लडेर गम्भीर घाइते भएकी उनको बज्रबराही अस्पताल चापागाउँ हुँदै बीएण्डबी अस्पताल ग्वार्कोमा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .