समाज


यी हुन् दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका युवक, सुन र हुन्डीमा पनि ‘संलग्न’

यी हुन् दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका युवक, सुन र हुन्डीमा पनि ‘संलग्न’

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १३:४०, काठमाडौँ

दोलखामा साढे १११ किलो सुन तस्करीमा संलग्न रही फरार रहेका व्यक्ति काठमाडौंबाट ९८ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका ५ मालिगाउँ क्षेत्रबाट ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई शुक्रबार अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका ७ का २८ वर्षीय समिर सुनार र सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेका छन्। 

मिलन दोलखामा २०८० असोजमा दोलखामा भएको साढे ११ किलो सुन तस्करीमा पनि संलग्न रहेको पाइएको अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन्। 

उनीविरुद्ध उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। सुनको अवैध पैठारी र संगठित अपराधको मुद्दामा उनी फरार रहँदै आएका थिए। 

सम्पती शुद्धिकरणको मुद्दामा पनि उनीविरुद्ध मुद्दा चलिरहेको छ। उनको मोवाइल लगायत सामाजिक सञ्जालको अध्ययन गर्दा हुण्डि तथा अवैध सुनको कारोबारमा संलग्न रहेको पाइएको प्रहरीको दाबी छ। 

उनीहरूले यस्ता अवैध कार्य बिगत दुई वर्षदेखि गर्दै आएको खुलेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार उनीहरु रुपन्देहीबाट हुण्डिको ९८ लाख रुपैयाँ लिन काठमाडौं आएका थिए। 

विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनीहरुले प्रयोग गरेको बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको गाडी पनि प्रहरीले बरामद गरेको छ। 

प्रहरीले दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पाठाएको छ। त्यसपछि सम्पति शुद्धिकरणको मुद्दामा पनिज अनुसन्धान गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .