समाज


राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा घुस

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा घुस

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १४:३२, काठमाडौँ

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन एकाइ, लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा वैशाख ५ गते नियन्त्रणमा लिएको थियो। 

तटबन्धन निर्माण योजनामा पेस्की रकम निकासा, पहिलो रनिङ बिल भुक्तानी तथा योजनाको सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीबाट लिएको १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पाल पक्राउ परेका थिए।

पालविरुद्ध शुक्रबार विशेष अदालतमा १ लाख २० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .