माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिडको बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन्।
उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन्। कठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएकी हुन्।
‘एकजना पीडितले कसले बेचेको र कसरी श्रीलङ्का पुर् याएको नामसहित मुख खोल्नुभएको छ’, उनले भनिन्, ‘प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ।’
खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो।
‘विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्’, उनले भनिन्, ‘कसरी रोक्ने हो? चिन्ताजनकस्थिति छ। न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ।’ रासस
Shares
प्रतिक्रिया