ad ad

समाज


मकालुमा दोस्रो मानवीय क्षति, फ्रान्सेली आरोहीको मृत्यु

मकालुमा दोस्रो मानवीय क्षति, फ्रान्सेली आरोहीको मृत्यु

नेपालखबर
जेठ २, २०८१ बुधबार २२:४५, काठमाडौँ

मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। मकालुमा वसन्तकालीन आरोहणका क्रममा भएको यो दोस्रो मानवीय क्षति हो।

संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा ८ हजार ३ सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए। उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै बुधबार बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।

पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको स्नोवी होराइजन ट्रेक्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए। 

सालिबासँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन्।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ।

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जी शेर्पाको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .