आज (शनिबार) राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) हुनेछ भने बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (आकाश खुला) रहने छ।
यस क्रममा राति गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा पानी पर्ने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। यसैगरी मधेस प्रदेश र देशका बाँकी पहाडी भूभागको एक/दुई ठाउँमा पनि आज राति मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ।
यसैबीच राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहे पनि निकै कम रहेको मौसमविद्ले बताएका छन्।
‘उपत्यकामा आज राति पानी पर्ने चान्स १० प्रतिशत मात्र राखेका छौँ’, मौसमविद् सरोज पुडासैनीले भने।
Shares
प्रतिक्रिया