बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा दुर्घटनामा परेको बसमा बैंकका कर्मचारी सवार रहेको खुलेको छ।
बिहीबार भएको पर्यटक बस दुर्घटनामा २५ जना कर्मचारी घाइते भएका हुन्।
ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बाग्मती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो।
बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरू बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए।
बस सडकबाट ३० मिटर खसेको थियो।
1.6k
Shares
प्रतिक्रिया