आज (शुक्रबार) राति पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिएको हो।
हाल नेपालको मौसममा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव छ।
महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम–उत्तर–प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।
सोही कारण मौसम बदली तथा वर्षाको सम्भावना देखिएको हो।
2.6k
Shares
प्रतिक्रिया