हाल गण्डकी, बागमती र मधेश प्रदेशमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणालीका कारण गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
यो प्रणाली उत्तर–पूर्वी क्षेत्रतिर सर्ने क्रममा रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले मंगलबार दिउँसो चेतावनी जारी गर्दै भनेको छ- चट्याङ र हावाहुरीबाट क्षतिसमेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ।
282
Shares
प्रतिक्रिया