ad ad

समाज


बालमन्दिर जग्गा प्रकरण : पक्राउ परे पूर्वउपाध्यक्ष श्रेष्ठ

बालमन्दिर जग्गा प्रकरण : पक्राउ परे पूर्वउपाध्यक्ष श्रेष्ठ

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १४:४०, काठमाडौँ

नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार श्रेष्ठलाई पक्राउ गरेको हो। 

करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो। 

यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

जसमध्ये शुक्रबार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। 

संगठनको स्वामित्वमा रहेको जग्गा लिजमा लेनदेन गर्दा अनियमितता भएको आशंकापछि ०७७ मा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश हरिबहादुर भट्टराईको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो।

आयोगले संगठनभित्र भएका भ्रष्टचारको मिहिन ढंगले अनुसन्धान गरेको थियो।

श्रेष्ठबाहेक तत्कालीन अध्यक्ष रिता सिंह, महासचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .