हाल (शनिबार राति) कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोसी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैबीच राति काठमाडौँ उपत्यकामा पनि हल्का र क्षणिक वर्षाको सम्भावना छ। महाशाखाले आज राति काठमाडौँमा पानी पर्ने सम्भावना ३० प्रतिशत देखाएको छ।
मौसम महाशाखाले राति भन्नाले आज साँझ ६ बजेदेखि भोलि (आइतबार) बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ।
मौसमविद्का अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।
Shares
प्रतिक्रिया