ad ad

समाज


कोसीमा मनसुन, बाँकी प्रदेशमा अरू प्रणाली, राति कहाँ-कहाँ पर्ला पानी?

कोसीमा मनसुन, बाँकी प्रदेशमा अरू प्रणाली, राति कहाँ-कहाँ पर्ला पानी?

मनसुनको प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ३०, २०८१ बुधबार २०:८, काठमाडौँ

हाल (बुधबार बेलुका) कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भई बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) छ। कोसी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महााशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौसमविद्का अनुससार हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .