बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ।
क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसोअज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले नेपालखबरलाई जानकारी दिए।
गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको छ। चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको बताएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ।
रामराजा बाराको पुरानो क्याम्पस हो।
492
Shares
प्रतिक्रिया