ad ad

समाज


गोली प्रहारबाट घाइते बाराका क्याम्पस प्रमुखको निधन, २ जना पक्राउ

गोली प्रहारबाट घाइते बाराका क्याम्पस प्रमुखको निधन, २ जना पक्राउ

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार २०:३७, काठमाडौँ

गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ।


क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। 

उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले नेपालखबरलाई जानकारी दिए।


यसैबीच आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको उनले बताए। परीक्षामा चिट चोर्न नदिएको बाहानामा क्याम्पस प्रमुखमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।

प्रहरीले एसपीको नेतृत्वमा घटनाको अनुसन्धान थालिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .