कालिकोटको महावै गाउँपालिका–५ तिला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको शव असार ४ गते सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।
सोही गाउँपालिका–५ औवलगेला बस्ने करिब ३० वर्षीय कवि पोख्रेल असार २ गते नुहाउने क्रममा डुबेर बेपक्ता भएका थिए।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोर टोलीले आज दिउँसो शव फेला पारेको हो।
त्यसैगरी सिरहा जिल्लाको लहान नगरपालिका–१७ स्थित बलान खोलामा असार ४ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको खोजीकार्यको लागि सुरक्षा बेस लहानको फौज खटिएको सशस्त्रका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकरी दिए।
24
Shares
प्रतिक्रिया