बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) मुलुकका ७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ।
बाढी महाशाखाले बिहीबार बिहान सूचना जारी गरी इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, दोलखा, लमजुङ, तनहुँ रआसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको हो।
महाशाखाका अनुसार आगामी ३ दिन कोसी र यसका प्रमुख सहायक नदीहरूमा बाढी सतर्कता आसपास रहने र अन्य अरुण, सुनकोसी तथा कन्काईमा जलसतह बढ्दो हुने अनुमान छ। तसर्थ यी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।
विस्तृत जानकारी तलको सूचनामा–
2.7k
Shares
प्रतिक्रिया