पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडकमा सवारी साधनको आवागमन रोकिएको छ।
हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा दुबैतिर सवारी साधनको लाम लागेको छ।
39
Shares
प्रतिक्रिया