ad ad

समाज


एआईजीमा सिफारिस पोखरेल डीआईजीबाटै घर फर्किए

एआईजीमा सिफारिस पोखरेल डीआईजीबाटै घर फर्किए

नेपालखबर
असार २१, २०८१ शुक्रबार १२:७, काठमाडौँ

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकास भएका छन्। 

ट्राफिक महाशाखा प्रमुख समेत रहेका पोखरेल शुक्रबार अनिवार्य अवकास भएका हुन्। उमेर हदका कारण उनी बिहीबार राति १२ बजेपछि अवकासमा गएका हुन्। 

पोखरलेलाई असार १० गते बसेको गृहसचिव नेतृत्वका बढुवा समितिले २ दिन अघिमात्रै रिक्त हुने एआईजीको पदमा सिफारिस गरेको थियो।

गृहमन्त्री रवि लामिछानेको दबाबमा सिफारिस भएपनि राजनीतिक गठबन्धन परिवर्तन हुँदा आफ्नै पद जाने निश्चित भएपछि एआईजी बढुवाको निर्णय हुन सकेन। बिहीबार नै मन्त्रिपरिषद बैठक समेत बसेको थियो। तर एआईजी बढुवाको फायल भने मन्त्रिपरिषदमा नपुगेको एक मन्त्रीले सुनाए। 

प्रहरी प्रधान कार्यालयले सबै प्रक्रिया पूरा गरेर गृह मन्त्रालयमा पठाएको थियो। तर गृहमन्त्रालयबाट फायल अगाडी नबढ्दा पोखरेल एआईजीमा सिफारिस भएर पनि फूली लगाउन पाएनन्। 

एआईजी उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकास भएपछि नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षकको पद रिक्त भएको थियो। 

पोखरेल डीआईजीबाटै अवकास भएसँग अब प्रहरीमा एक एआईजी र एक जना डीआईजी रिक्त भएको छ। 

अब डीआईजीहरू रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी र यज्ञ विनोद पोखरेल मध्येबाट एक जना एआईजीमा बढुवा हुनेछन्। 

त्यसपछि नेपाल प्रहरीमा दुई डीआईजीको दरबन्दी रिक्त हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .