कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव प्रहरीले निकालेको छ।
पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ्ग बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा सो नदिमा डुबेर बेपत्ता भएको थिए।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरुको शव फेला पारेको हो।
फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्यस्तै, मुस्ताङमा माटोको ढिस्कोमा पुरिएको दुई गरी ४ जनाको शव पनि सशस्त्र प्रहरीले निकालेको छ।
घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव साउन ४ गते नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा निकालिएको हो।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होम बहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षीय रवि दर्लामी मगरलाई नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो।
Shares
प्रतिक्रिया