ad ad

समाज


बाढी महाशाखा भन्छ: सिन्धुपाल्चोक र काठमाडौँसहित २७ जिल्लामा सतर्कता अपनाऔँ

बाढी महाशाखा भन्छ: सिन्धुपाल्चोक र काठमाडौँसहित २७ जिल्लामा सतर्कता अपनाऔँ

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन १३, २०८१ आइतबार १३:५५, काठमाडौँ

आज (आइतबार) देशका २७ जिल्लाका नदीनालामा बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना देखिएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान छ। त्यसैले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।  

यसैगरी आज ताप्लेजुङ, संखुवासभा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सुर्खेत, दैलेख, अछाम, डोटी, बझाङ, दार्चुला, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव बढ्ने अनुमान रहेको महाशाखाले जनाएको छ। 

उसले सजग गराउँदै अगाडि भनेको छ– सतर्कता अपनाइराखौँ। 

बाढीबारे थप जानकारी तल-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .