गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो प्लेटफर्मका बारेमा जानकारी दिन सातै प्रदेशका विभिन्न सहरका विद्यालयहरूमा ‘एक्टिभेसन’ कार्यक्रम सम्पन्न भएको छ।
ग्लोकल टीन हिरो नेपाल २०२४ को दशौं संस्करणको यस कार्यक्रमका क्रममा विभिन्न स्कुलमा किशोर किशोरीसँग अन्तरक्रिया गरिएको हो।
अन्तरक्रियामा धेरै प्रतिभाशाली किशोर किशोरी, जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्ष पनि भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भइरहेको आयोजकले जनाएका छन्।
ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५०ं सहरका विभिन्न विद्यालय/कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेको हो। कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरिएको थियो।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ।
ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको जनाएको छ।
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन आज (जुलाई ३०मा) बन्द भएको छ।
देशभरका प्रभावशाली किशोरकिशोरी नयाँ सोच, विचार, सम्भावना, र समाज परिवर्तनका नवीन आयामहरू बोकेका हुन्छन्।
‘सानो उमेरमा ठूला सपना देखेर नयाँ प्रयासहरू मार्फत समाज रूपान्तरण गर्ने कुरामा उमेरले होइन, सोचले महत्व राख्ने कुरा स्पष्ट देखिन्छ’ आयोजक संस्थाले भनेको छ, ‘समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता, सामाजिक चेतना, वातावरण संरक्षण, वा सामाजिक रूपान्तरणका कार्यहरूमा आफ्नो कौशलता देखाएका प्रतिभाशाली किशोरकिशोरीहरूले अनलाइन मार्फत निःशुल्क आवेदन दिन सक्छन्।’
साथै, आफ्नो समुदायका उत्कृष्ट किशोरकिशोरीहरूको मनोनयन गर्न सकिने ग्लोकन टिन हिरो नेपालले जनाएको छ।
Shares
प्रतिक्रिया