ad ad

समाज


काठमाडौँ, सिन्धुपाल्चोकसहित आज यी ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ, सिन्धुपाल्चोकसहित आज यी ३४ जिल्लामा बाढीको जोखिम

केही दिनअघि बल्खुमा बागमतीको बाढी।


नेपालखबर
साउन १८, २०८१ शुक्रबार १३:४२, काठमाडौँ

आज (शुक्रबार) देशको राजधानी काठमाडौँसहित ३४ जिल्लाका नदीमा बाढी आउने सम्भावना भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज इलाम, झापा, सिन्धुपाल्चोक, दोलखा, कास्की, लमजुङ, गोरखा, र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ। 

सचेत गराउँदै महाशाखाले भनेको छ– उच्च सतर्कता अपनाइराखौँ। 

यस्तै आज सुनसरी, मोरङ, पाँचथर, धनकुटा, तेह्रथुम, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा बहाव बढ्ने सम्भावना छ। 

महाशाखाले अगाडि भनेको छ– नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध छ। 

बाढीबारे थप जानकारी तल-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .