काठमाडौँमा आजदेखि दुई दिने श्रावण मेला सुरु भएको छ। श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोसाकको बारेमा जानकारी दिने उद्देश्यका साथ श्रावण मेला सुरु भएको हो।
साउन महिनालाई हिन्दु धर्मावलम्बीले पवित्र महिनाको रूपमा लिन्छन्। यस महिना रङको लागि पनि विशेष छ। खानपानदेखि लगाउने कपडासम्म धेरैको चासो रहने गर्दछ। हरियो वस्त्र, सात्त्विक भोजन, अझ सोमबार व्रत बसेर शिवजीको पूजा गरिनु साउन महिनाका विशेषता हुन्।
शनिबारसम्म चल्ने यो मेला शुक्रबारदेखि दरबारमार्गमा रहेको अन्नपूर्ण प्याभिलियनमा सुरु भएको छ। हेर्नुस् मेलाका केही तस्बिर-
330
Shares
प्रतिक्रिया