अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो।
आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले काठमाडौँको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो। रासस
87
Shares
प्रतिक्रिया