ad ad

समाज


विपद्‌मा परेर शनिबारसम्म देशभर एक सय ५० को मृत्यु

विपद्‌मा परेर शनिबारसम्म देशभर एक सय ५० को मृत्यु

नेपालखबर
साउन १९, २०८१ शनिबार १८:३५, काठमाडौँ

बाढी, पहिरोलगायत मौसमजन्य विपद्‌मा परी शनिबार (९ साउन)सम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।

विपद्‌मा परी काठमाडौँ उपत्यकामा तीन, कोसी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्‌मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .