ad ad

समाज


सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने पक्राउ

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने पक्राउ

नेपालखबर
साउन ३०, २०८१ बुधबार २१:२९, काठमाडौँ

काठमाडौंको न्युरोडस्थित नारायण ज्वेलर्सबाट गहना खरिद गर्ने बहानामा चोरी गर्ने र चोरीको गहना खरिद गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चोरी कार्यमा संलग्न ललितपुरको ललितपुर महानगरपालिका–३ पुलचोककी ५२ वर्षीया लिना नकर्मी र भारतको पश्चिम बंगाल राज्य मोदिनिपुर जिल्ला घाटल थाना कुशपता ग्राम घर भइ हाल बिशालबजार बस्ने चित्र रञ्जन हजारा (जगन्नाथ ज्वेलर्स संञ्चालक) रहेका छन्।

ति महिलाले नारायण ज्वेलर्समा सुनका गहना खरिद गर्ने भनी सुनको २ तोला २० लालको सिक्री लिई फरार रहेकी थिइन्। 

अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न लिना नकर्मीलाई साउन २९ गते पुल्चोकबाट पक्राउ गरी थप अनुसन्धानको क्रममा उनले चोरी गरेका गरगहना न्युरोड स्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाएको छ।

साथै अनुसन्धानको क्रममा लिना नकर्मीले यसभन्दा पूर्व चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्सलाई अन्दाजी १७ ग्रामको सुनको सिक्री थान – १ बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

हजाराको साथबाट पुष्टी हुन नसकेको अन्दाजी २ तोला बराबरको सुनको सिक्री थान – १ बरामद भएको र सो सम्बन्धमा समेत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .