ad ad

समाज


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखबर
असोज १, २०८१ मंगलबार २१:२३, काठमाडौँ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–२२ सुन्धारा बस्ने  बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘वादी नेपाल सरकार प्रतिवादी निज शाही भएको बैंकिङ कसुर मुद्दामा कालीकोट जिल्ला अदालत, कालीकोटबाट विसं २०८१ जेठ २८ गते पक्राउ अनुमति प्राप्त पछि फरार रहेका निजलाई हाम्रो टोलीले पक्राउ गरेको हो।’

निज शाहीलाई काठमाडौँको सुन्धारा नजिक फेला पारी कानुनबमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालीकोट पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .