ad ad

समाज


मेषको मनमा शान्ति छाउने, मिथुनले मनपर्ने वस्त्र उपहार पाउने, तपाईँको के? हेर्नुस् ६ असोजको राशिफल

मेषको मनमा शान्ति छाउने, मिथुनले मनपर्ने वस्त्र उपहार पाउने, तपाईँको के? हेर्नुस् ६ असोजको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असोज ६, २०८१ आइतबार ४:४२, काठमाडौँ

आज आइतबार, ६ असोज २०८१ (२२ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुनसक्छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वस्थ प्रतिकूल सक्छ, तर आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। भ्रमण र तीर्थाटनको योग पनि रहेको छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७० वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : सांस्कृतिक कार्यमा सरिक भइने छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। दिष्ट भोजनको आनन्दसमेत पाइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने।  
दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह : पुनर्मिलनको योग रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ । ठूला व्यक्तिहरूसँगको  भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ।  

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

कन्या : तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाकाबीच मतभेद पनि बढ्ला तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : आँटेको र ताकेको कार्य पनि पूरा होला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : दिन सामान्य नै रहनेछ। भाग्यशाली भएर देखा पर्नेछ। प्रतिस्पर्धा फाइदा हुने योग छ। विद्या, वुद्धि र सन्तान सुख मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

धनु : सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। मुद्दामामिलामा पनि विजयी भइनेछ । शेयर बजारले भने धोका दिन सक्छ।  

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : सुखदुख बराबरी खालको समय छ। कुनै कुराले मानसिक चिन्ता बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। साँझमा भने प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ।

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : साथीभाइसँग समय बित्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ। हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८० व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : ज्ञान सिक्ने मौका मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नो पेसामा बढुवा तथा सरुवाको योग रहेको छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।  

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .