ad ad

समाज


पहिरो खसेपछि कान्ति लोकपथ बिहानैदेखि अवरुद्ध

पहिरो खसेपछि कान्ति लोकपथ बिहानैदेखि अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित कान्ती लोकपथमा खसेको पहिरो


सुनिता विष्ट
असोज १०, २०८१ बिहिबार ८:४०, हेटाैँडा

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कान्तिलोकपथ अवरुद्ध भएको छ। 

वर्षातपछि पहिरो खस्दा कान्तिलोकपथ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बिहीबार (आज) बिहानीपख मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा माथिबाट पहिरो खसेको हो।

बिहानैदेखि पहिरो हटाउने प्रयास भएपनि नसकिएकाे मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

डीएसपी भण्डारीका अनुसार सडक विभाग कार्यालय र फास्ट ट्रयाकसँग समन्वय गरी अवरोध हटाउने पहल भइरहेको छ।

सडकमा पहिरो खसेपछि हेटौँडा–काठमाडौँको आवतजावत गर्ने सवारी साधनबीच बाटोमै रोकिएका छन्। गाडी रोकिँदा यात्रुको विचल्ली भएको छ। 

पहिराे ठूलाे भएकाले हटाउन  आज दिनभरी नै लाग्ने अनुमान प्रहरीले गरेकाे छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .