ad ad

समाज


रेड नोटिस जारी भएका तीन जना आरोपी दुबईबाट पक्राउ

रेड नोटिस जारी भएका तीन जना आरोपी दुबईबाट पक्राउ

नेपालखबर
असोज १०, २०८१ बिहिबार १२:२३, काठमाडौँ

ठगी र जबरजस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूरका आरोपि पाँचथर मिक्लाजुङ गाउँपालिका ४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका ९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन्। 

यस्तै, जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका १० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।

उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो। 

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .