ad ad

समाज


लैनचौरमा दुईवटा स्कुटर ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

लैनचौरमा दुईवटा स्कुटर ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

नेपालखबर
असोज १०, २०८१ बिहिबार १२:२५, काठमाडौँ

काठमाडौँको लैनचौरमा दुई वटा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

काठमाडौँ महानगरपालिका २ लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

बा ७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .