ad ad

समाज


राशिफल ११ असोज : कन्याको प्रेम कामयाबी बन्ने, तुलाको उठ्नुपर्ने रकम हातलागी हुने, तपाईँको के?

राशिफल ११ असोज : कन्याको प्रेम कामयाबी बन्ने, तुलाको उठ्नुपर्ने रकम हातलागी हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज ११, २०८१ शुक्रबार ४:४१, काठमाडौँ

आज शुक्रबार, ११ असोज २०८१ (२७ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३२, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : रोकिएका काम पुनः सुरु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानीभन्दा बढी हुने छैन। लामो यात्रा सुखद र आरामदायी हुनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्ला।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग पनि ७२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।

कन्या : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम सम्बन्ध कामयाबी बन्नेछ। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रजनको साथ-सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। मनमा उत्साहका साथै बोली बिक्नेछ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। दिनको उत्तरार्धमा भने मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। खानपिन कार्यमा सरिक भइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : स्वादिष्ट भोजन गर्न पाइनेछ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। राज्यका ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। तर, विश्वासपात्रलाई वचन दिँदा चाहिँ संयमता अपनाउनुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। आफन्त वा नजिकका व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। हरियो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .