ad ad

समाज


बैतडीमा ८ जना सवार जिप सडकबाट खस्यो

बैतडीमा ८ जना सवार जिप सडकबाट खस्यो

दुर्घटनामा परेकाे जिप


गोकुल जोशी
असोज ११, २०८१ शुक्रबार ९:१४, कञ्चनपुर

बैतडीमा बिहीबार राति जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।

दशरथचन्द नगरपालिका-३ का ४५ वर्षीय दिलीप नाथ, सोही ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६  वर्षीय केशव नाथ, १६  वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ घाइते भएका छन्।  

जिपमा ८ जना सवार थिए। अन्य २ जना सकुसल छन्। सामान्य घाइते ५ जना जिल्ला अस्पतालमा उपचारपछि राति नै घर फर्किएका थिए।

गम्भिर घाइते दिलिप नाथलाई थप उपचारका लागि राति नै धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। उनको हात र पिठ्युमा चोट लागेको छ।

दशरथचन्द नगरअन्तर्गत पर्ने छेला दुर्गाभवानी ग्रामीण कच्ची सडकमा जिप अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो। 

अनियन्त्रित जिप सडकबाट करिब १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको थियो। जिप रूखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .