ad ad

समाज


पहिरो खस्दा काभ्रेमा बीपी राजमार्ग अवरुद्ध (तस्बिर)

पहिरो खस्दा काभ्रेमा बीपी राजमार्ग अवरुद्ध (तस्बिर)

लेदाेसहितकाे पहिराेले अवरुद्ध भएकाे बीपी राजमार्ग


नेपालखबर
असोज ११, २०८१ शुक्रबार ११:१८, काठमाडौँ

अविरल वर्षापछि माथिबाट खसेको पहिरोले काभ्रेमा बीपी राजमार्ग अवरुद्ध भएको छ। 

आज बिहान सबा ९ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ८ चारसयवेँसी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

पहिरोले सडक एकतर्फी नै अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त स्थानमा सवारी आवागमनमा समस्या भएकाे छ। 

उक्त स्थानमा प्रहरी टोली खटिएको र सडक विभागसँग समन्वय गरि पहिरो हटाउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। 

तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .