ad ad

समाज


न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १२:६, काठमाडौँ

न्यायाधीश नियुक्तिको मुख्य एजेन्डाका साथ न्याय परिषद् बैठक बसिरहेको छ।

रामशाहपथस्थित परिषद सचिवालय बिहान १० बजेदेखि बैठक जारी छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसिरहेको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत, सदस्यहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन्।

बैठकमा सहमति भएमा उच्च अदालत र सर्वोच्च अदालतमा एकसाथ न्यायाधीश नियुक्ति गर्ने तयारी छ। साथै, जिल्ला र उच्च अदालतका न्यायाधीशका विषयमा परेका करिब ४० वटा उजुरीमा पनि बैठकले निर्णय गर्नेछ।

सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा करिब २० जना न्यायाधीश नियुक्त गर्न सक्ने गरी तयारी अघि बढाइएको छ। यसअघि उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी भएको थियो। नेपाल बार एसोसिएसनको विरोधका कारण उक्त तयारी बिथोलिएको थियो।

पछिल्लोपल्ट सर्वोच्च अदालत बार एसोसिएसनले ज्ञापनपत्र नै बुझाएर वरिष्ठ अधिवक्ताको उपाधि वितरण र न्यायाधीश नियुक्तिका अविलम्ब गर्न ज्ञापनपत्र नै बुझाएपछि प्रधानन्यायाधीश श्रेष्ठ पुनः सहमतिको प्रयासमा लागेका हुन्। आज सहमति नभए अब श्रेष्ठका पालामा नियुक्ति हुने सम्भावना टर्दै जान सक्नेछ। आउँदो असोज २० गतेबाट उनी सेवानिवृत्त हुँदैछन्।

प्रधानन्यायाधीश श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको फुलकोर्टको बैठकले १५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि निर्णय गरिसकेको छ।

न्यायाधीश नियुक्तिको विरोधमा रहेको नेपाल बार एसोसिएसनले भने न्याय परिषद घेराउ गर्ने भनेको छ।

यसअघि असोज ७ गते बसेको बैठकमा कुरा नमिल्दा बिनानिष्कर्ष सकिएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .