ad ad

समाज


बागमती नदीले पार गर्‍यो जलसतह सतर्कता

बागमती नदीले पार गर्‍यो जलसतह सतर्कता

थापाथलीमा उर्लिएको बागमती नदी (तस्बिर : सरोज बैजु)


नेपालखबर
असोज ११, २०८१ शुक्रबार १५:४३, काठमाडौँ

बागमती नदीले जलसतह पार गरेको छ। काठमाडौँ उपत्यकामा पर्ने खोकना, गौरीघाट, बल्खु, बलम्बु  खोलामा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ। 

जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोेध गरेको छ। 

‘काठमाडौँ उपत्यकास्थित बागमती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले राती सम्मै उच्च सतर्कता अपनाऔँ,’ विभागको सूचनामा भनिएको छ।

बिहीबार रातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .