ad ad

समाज


उर्लिएको बागमती (तस्बिरहरू)

उर्लिएको बागमती (तस्बिरहरू)

सरोज बैजु
असोज ११, २०८१ शुक्रबार १७:११, काठमाडौँ

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। काठमाडौँ उपत्यकामा पर्ने खोकना, गौरीघाट, बल्खु, बलम्बु  खोलामा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ। 

जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। 

काठमाडौँका सडक जलाम्य भएका छन्। नदीनालामा पानीको बहाव बढेको छ।

यसैबीच थापाथलीबाट देखिएको बागमतीको उर्लिएको भेल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .