ad ad

समाज


पछिल्लो २४ घण्टामा पूर्वका यी ५ स्थानमा अति भाारी वर्षा

पछिल्लो २४ घण्टामा पूर्वका यी ५ स्थानमा अति भाारी वर्षा

फाइल तस्बिर : झापा


नेपालखबर
असोज ११, २०८१ शुक्रबार १७:४७, काठमाडौँ

देशभर वर्षा हुने क्रम जारी छ। 

देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ भएको छ भने कतिपय स्थानमा ‘धेरै भारी’ र ‘अति भारी’ वर्षा पनि भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज (शुक्रबार) साँझ ५:३८ बजेसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा अति भारी वर्षा भएको हो। 

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा झापास्थित चन्द्रगढी एअरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्तामा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको हो।

मौसमविद्का अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै १०० मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

पछिल्लो २४ घण्टामा मुलुकभर भएका वर्षाको विवरण तलको नक्सामा-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .