ad ad

समाज


सेनाको हेलिकप्टरबाट बाढी र पहिरोपीडितको धमाधम उद्धार, १ सय ६१ जनालाई सुरक्षित स्थानमा सारियो

सेनाको हेलिकप्टरबाट बाढी र पहिरोपीडितको धमाधम उद्धार, १ सय ६१ जनालाई सुरक्षित स्थानमा सारियो

नेपालखबर
असोज १३, २०८१ आइतबार १२:३७, काठमाडौँ

गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हालसम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो। काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीनवटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ।

प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्धारमा सेनाले लगातार हवाइ उद्धार गरिरहेको बताए।

त्यसैगरी शनिबार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्धार गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए।

गृह मन्त्रालयको तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन्। 

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .