ad ad

समाज


झ्याप्लेखोला पहिरोमा अलपत्र यात्रुलाई सशस्त्रका २ वटा बसले काठमाडौँ ल्याउने

झ्याप्लेखोला पहिरोमा अलपत्र यात्रुलाई सशस्त्रका २ वटा बसले काठमाडौँ ल्याउने

नेपालखबर
असोज १३, २०८१ आइतबार १७:५६, काठमाडौँ

धादिङ र काठमाडौँको सिमानामा पर्ने झ्याप्लेखोलामा गएको पहिरोमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ ल्याउने भएको छ। 

सहायक प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको १३ जनाको टोलीले झ्याप्लेखोलाबाट अलपत्र यात्रुलाई काठमाडौँ ल्याउन लागेको हो। 

४० सिट क्षमताका २ वटा बसले यात्रुलाई काठमाडौँसम्म ल्याउने तयारी रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

झ्याप्लेखोलाको पहिरोका कारण सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्। नागढुंगा मुनिको सडकमा गाडीका लस्कर लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .