ad ad

समाज


पूर्वसूचनापछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्यो : माओवादी केन्द्र

पूर्वसूचनापछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्यो : माओवादी केन्द्र

नेपालखबर
असोज १३, २०८१ आइतबार १८:५९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले विपद्‌बाट प्रभावितहरूको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका हुन्। 

पार्टीको तर्फबाट पनि बैठकमा आफूहरूले सो कुरा राखेको बताउँदै उनले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताए। 

‘सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्यूले सर्वदलीय बैठक बोलाउनुभएको थियो। यही बाढी प्रभावित विषयवस्तुसँग सम्बन्धित रहेर। ढिलो गरी भएपनि सरकारले बैठक बोलायो, हामीले यसको लागि धन्यवाद नै भन्यौँ,’ उनले भने, ‘सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको कुरा भन्यौँ। विपद् बाजा बजाएर आउँदैन। तर यो पटक जल तथा मौसम विज्ञान विभागले राम्रो पूर्वानुमान गरिदिएको थियो। लगातार तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरिदिएको थियो। त्यसको आधारमा पूर्वसूचना त जारी गर्‍यो।’

पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरू तदारुकताका साथ गर्न कमी भएको उनको भनाइ थियो।

‘पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरू तदारुकताका साथ गर्न कमी गरेको महसुस गरेका छौँ। सरकारसँग कुरा राख्यौँ। खोज र उद्धारका लागि तदारुकताका लागि आग्रह गरेका छौँ। तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय राम्रो गर्नुपर्छ। सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छौँ। खोज र राहतको काममा केन्द्रित हुने र अरु उपचारसँग सम्बन्धित, अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ। यो बेला प्रतिपक्ष, पक्ष नभएर एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छौँ,’ उनले भने।

सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन आग्रह गरेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .