पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा भारी वर्षा (५० मिलिमिटरभन्दा बढी) भएको छैन।
मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बेलुका ७:२८ बजे सार्वजनिक गरेको वर्षा विवरणअनुसार पछिल्लो २४ घण्टामा संखुवासभाको खाँदबारीमा ४६.६ मिलिमिटर वर्षा भएको छ।
सो अवधिमा देशका अन्य स्थानमा भने हल्का (१० मिलिमिटरभन्दा कम) मात्र वर्षा भएको छ।
गत बिहीबार बेलुकादेखि शुक्रबार शनिबारसम्म देशभर लगातार वर्षा हुँदा विभिन्न स्थानमा ठूलो मात्रामा जनधनको क्षति भएको छ।
मौसमविद्का अनुसार आज (आइतबार) देखि मौसम सुधार हुँदै गएको छ। वर्षा हुने क्रम ह्वात्तै घटेको छ।
हेर्नुहोस् मौसम महाशाखाको पछिल्लो २४ घण्टाको वर्षा विवरण-
60
Shares
प्रतिक्रिया