ad ad

समाज


तीनदिनको वर्षाले बागमतीमा १०२ जनाको मृत्यु, २२ जना बेपत्ता

तीनदिनको वर्षाले बागमतीमा १०२ जनाको मृत्यु, २२ जना बेपत्ता

नेपालखबर
असोज १३, २०८१ आइतबार २१:१४, काठमाडौँ

बिहीबारदेखि परेको अविरल वर्षाका कारण बागमती प्रदेशमा १ सय २ जना जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार हालसम्मको अवधिमा प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा बाढी, पहिरोमा परेर १०२ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार यो अवधिमा ७४ जना घाइते भएका छन्। 

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवंम् निमित्त प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार उपत्यका बाहेकका १० जिल्लाहरुमध्ये सबैभन्दा धेरै धादिङमा मानवीय क्षति भएको छ। 

धादिङको धुनिवेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले यात्रुवाहक सवारीहरु पुरिँदा मानवीय क्षतिको संख्या बढेको बस्नेतले बताए। धादिङमा ३९ जनाको मृत्यु भएको तथ्यांक छ। यहाँ ७ जना घाइते भएको प्रहरीको तथ्यांक छ। 

यस्तै, काभ्रेमा ३९ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते हुँदा १८ जना बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

नुवाकोटमा एकजना बेपत्ता भएको प्रहरीको तथ्यांक छ। सिन्धुपाल्चोकमा पहिरोमा परेर १० जनाको मृत्यु हुँदा १६ जना घाइते भएका छन् भने २ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। 

यस्तै, दोलखामा ५ जानको मृत्यु हुँदा २ घाइते भएका छन् भने २ जना बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ। रामेछापमा पहिरोमा परेर एकजनाको मृत्यु हुँदा ३ जना बेपत्ता भएका छन्। सिन्धुलीमा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए । 

उनका अनुसार पहिरोको जोखिममा रहेका २ सय २२ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने प्रदेशका मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीमा गरी ८७ घरपरिवार उच्च जोखिममा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .