ad ad

समाज


झ्याप्लेखोलामा दिनभर जे देखियो...(तस्बिरहरू)

झ्याप्लेखोलामा दिनभर जे देखियो...(तस्बिरहरू)

सरोज बैजु
असोज १३, २०८१ आइतबार २२:३०, काठमाडौँ

अविरल परेको वर्षाका कारण देशभर भएको क्षति विवरण आउने क्रम जारी छ। गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ।

गृह मन्त्रालयका सहसचिव एवं ऋषिराम तिवारीका अनुसार अहिलेसम्म देशभरबाट १ सय ७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १ सय ११ जना घाइते भएको विवरण प्राप्त भएको छ। 

यसैबीच धादिङ र काठमाडौँको सिमानामा पर्ने झ्याप्लेखोलामा आएको बाढीका कारण पुरिएका बसहरू निकाल्ने क्रममा आइतबार मात्रै ३५ वटा शव फेला परेका छन्। 

प्रहरीका अनुसार, सो क्षेत्रमा अझै उद्धार कार्य बाँकी नै छ। 

आइतबार दिउँसो त्यहाँ पुग्दा सयौँ सर्वसाधरणहरू हिलो बाटोमा अलपत्र थिए। कतिपय हिँड्दै थानकोटसम्मको यात्रा तय गर्दै थिए भने कतिपय बिचल्ली देखिन्थे। 

सरकारी पक्षले गरेको समन्वय कुरिरहेका उनीहरू साँझसम्म काठमाडौँ आइपुग्न पनि धौ धौ देखिन्थ्यो। 

कतिपय बालबच्चासहित बाढी पहिरोमा फसेका कारणले झनै समस्यामा परेको देखिन्थ्यो। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .