ad ad

समाज


बीपी राजमार्गमा अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार

बीपी राजमार्गमा अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार

नेपालखबर
असोज १३, २०८१ आइतबार २२:२९, काठमाडौँ

बाढीपहिरोका कारण बीपीराजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरिएको हो। 

बीपीराजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको  हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन्। उनीहरुलाई गजुरदहबाट उद्धार गरी काठमाडौँ पठाइएको हो। 

सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन सडकमै थुनिएका थिए।

नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि नेपालथोकदेखि धुलीखेलसम्म सडक तत्काल खुलाउन  कठिन भएपछि यात्रुको हेलिकप्टरमा उद्धार गर्न गृहमन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .