कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती हत्या प्रकरणको अनुसन्धानका लागि छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
घटनाको अनुसन्धानका लागि मृतक जयलालका जेठी श्रीमतीतर्फका छोरा भरत भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
आज १ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ।
पतिपत्नीको हत्या प्रकरण रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको थियाे।
जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको आफ्नै घरभित्र हत्या गरेको अवस्थामा शव भेटिएको थियो।
याे पनि:
भण्डारी दम्पती हत्या प्रकरणः सीआईबीले पनि थाल्यो अनुसन्धान
भण्डारी दम्पती हत्या प्रकरणः दुधे बालिका अझै बेहोस, टाउकोमा गम्भीर चोट
प्रतिक्रिया