सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ बाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो।
उनको साथबाट चाइनिज पेस्तोल एउटा, एउटा म्याग्जिन र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्रले जनाएको छ।
प्रतिक्रिया