समाज


महिलाको विभत्स हत्या, हनुमन्ते खोलामा भेटियो टाउको बिनाको शव

महिलाको विभत्स हत्या, हनुमन्ते खोलामा भेटियो टाउको बिनाको शव

नेपालखबर
चैत १८, २०७६ मंगलबार ३:२३,

भक्तपुरको हनुमन्ते खोलामा एक महिलाको शव फेला परेको छ।

मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा पर्ने बालकोट नजिकको हनुमन्ते खोलामा विभत्स ढंगले हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको महिलाकाे शव भेटिएको प्रहरीले जनाएको छ।

महिलाको करिब एक साताअघि नै हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। सोमबार साँझ खोलामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी युवतीको शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको टोलीले घटनास्थलको अनुसन्धान गरी राति नै शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ।

टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

शवको पहिचान हुन सकेको छैन। विभत्स ढंगले घाँटी काटेर फ्याँकिएको अवस्थामा शव शव भेटिएको उनले बताए।

‘घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर फ्याँकेको देखिन्छ। शव हेर्दा घटना कम्तीमा एक साताअघि भएको अनुमान गरेका छौँ।’

घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्रीहरु बरामद गरेको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान शुरु गरिएको प्रधानले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .