समाज


हेटौँडामा बसको ठक्करबाट ३७ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

हेटौँडामा बसको ठक्करबाट ३७ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ७:४९, हेटाैँडा

मकवानपुको हेटौँडा उपमहानगरपालिका-९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

शनिबार राति करिब ११ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका-८ निवासी ३७ वर्षीय राम बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा भएका ती पुरुषलाई प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो। तर अस्पताल पुगेको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रारम्भिक समयमा मृतकको परिचय खुलेको थिएन। तर घटनास्थलमा फेला परेको मोबाइलको सिम कार्ड प्रयोग गरी सम्पर्क गर्दा बोहोरा रहेको खुल्न आएको प्रहरीले जनाएको छ। 

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ निवासी ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ। 

बसमा सवार यात्रुहरूलाई भने अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad