समाज


गण्डकी र कर्णाली प्रदेशका पहाडी-हिमाली भेगबाहेक देशभर मौसम सफा

गण्डकी र कर्णाली प्रदेशका पहाडी-हिमाली भेगबाहेक देशभर मौसम सफा

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ८:३६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने आकलन मौसम महाशाखाले गरेको छ। 

यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना पनि छ।

मौसम महाशाखाका अनुसार आज राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad